चाडबार्डका समयमा दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रम
काठमाडौँ । यातायात व्यवसायीले चाडबार्डका समयमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
अरु समयको तुलनामा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेकोले चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्ष गर्दै यो कार्यक्रम गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार सम्पूर्ण चालकलाई आफ्नो सवारीसाधन जाँच गरेर मात्रै सञ्चालन गर्ने बताए ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम कँडेलले सवारी चालकलाई सावधानीपूर्वक सवारी साधान चलाउन लागि आग्रह गरे ।उनले चाडपर्वका बेला सम्भावित दुर्घटना हुन नदिन सवारी साधन चलाउनु अघि तिनको अवस्था जाँच गर्न सुझाव दिए । उक्त कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारी साधनको अवस्था तथा यात्रुको चाप नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणका उपायबारे बेलाबखत जानकारी गराउनुपर्नेमा सुझाएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment