विमानस्थलमा मलेसियाबाट आएको नेपालीका ६ शव र ५ अस्तु (तस्विर)

रिता बस्नेत
९ असोज २०७८ १२:३६

काठमाडौं । शनिबार बिहान वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका केही नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विभिन्न कारणले मृत्यु भएका ५ जना नेपालीको अस्तु(खरानी) र ६ वटा शव आज (शनिबार) बिहान काठमाडौं आइपुगेको हो ।

विमानस्थलमा आइपुगेको ६ वटा शवमा झापाका रुप बहादुर मगर, दाङका प्रमोद शर्मा, लमजुङका लेख बहादुर भुजेल, पाल्पाको होम बहादुर, बाराका मनुलाल कुमार पटेल र मोरङका शिव शंकर मण्डलको रहेको छ ।

त्यसैगरी, नेपाल आइपुगेको ५ जना नेपालीको अस्तुमा नवलपरासीका रामशरण भार, सर्लाहीका रायचन्द्र किशोर, दार्चुलाका प्रेम सिंह बडाल, पर्वतका लेखनाथ सुबेदी र सप्तरीका मर्यान कुमार चौधरीको रहेको छ ।

नेपाल आइपुगेको ५ जनाको अस्तु मेलेसियामा कोरोना संक्रमणबाट मृत्यु भएकाहरु हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *