कर्णाली सुनको टुक्रा होः मुख्यमन्त्री शाही

डिसी नेपाल
९ असोज २०७८ २३:०९

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताए ।

जगदुल्ला गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले सरकारले पहिचाहन गरिरहेको उल्लेख गर्दै उनले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताए ।

त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिए । त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताए ।

भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरालगायत अथिति हेलिकोप्टरबाट जगदुल्ला पुगेका थिए ।

स्थानीय सरकार र सङ्घीय सरकारको साझेदारीमा रु साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए । मुख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकायलाई ४० किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाललगायतको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *