एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा
काठमाडौैँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए।
नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको नागरिकता र सम्पत्ति उपभोग गर्ने व्यवस्थालाई पनि आफूपछि आउने पुस्ताले संघर्ष गर्नुनपर्ने गरी काम गर्ने आचार्यको प्रतिबद्धता जनाए।
विदेशी जेलमा रहेका नेपालीलाई स्वदेश ल्याउने र विदेशमा ज्यान गुमाएका शव नेपाल ल्याउने विषयमा संस्थागत रूपमा काम गर्ने भन्दै उनले नेपालको विकासमा आफू साझेदार भएर काम गर्ने बताए।
विदेशमा सिकेको ज्ञान र सीपलाई मातृभूमिमा ल्याउनुपर्ने दायित्वलाई आफूले पूरा गर्ने बताएका उनले भूतपूर्व गोरखा सैनिकको समस्या समाधानमा पनि पहल गर्ने प्रतिबद्धता जनाए। कोभिडका कारण समस्यामा परेर नेपालमा फर्केहरूलाई लक्षित गरेर ‘एक एनआरएन एक रोजगार’ कार्यक्रम अविलम्ब कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment