अनाथ बालबालिकालाई बालगृहमा राख्दा मनोविज्ञानमा असर पुग्छ

डिसी नेपाल
१० असोज २०७८ २२:२६
36
Shares

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले अनाथ बालबालिकालाई बालगृहमा राख्दा मनोविज्ञानमा असर पुग्ने भएकाले राज्यले स्थानीयस्तरमै आर्थिक र सामाजिक हिसाबले संरक्षण गर्नुपर्ने बताएका छन्।

संवाद डबलीद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै उनले भने पछिल्लो चरणमा बालगृह वा होस्टेलमा राख्ने क्रम बढेको छ । अनाथ बालबालिकाको संरक्षणका लागि स्थानीय तहको दायित्व बढी हुने बताउँदै उनले भने, “यदि यसका लागि आवश्यक नीति, कानून र बजेट चाहिएमा स्थानीय तहले प्रदेश र केन्द्र सरकारको सहयोग लिन सक्छन्, हामी सहयोग गर्न तयार छौँ तर अनाथ बालबालिकाको संरक्षण स्थानीय समाजमै हुनुपर्छ ।”

प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले राम्रो शिक्षा पाउने लोभमा कर्णालीका बालबालिकालाई अवैध ढङ्गबाट ठूला सहरहरूमा लैजाने गरिएको बताए । यसले गर्दा बालगृहमा शारीरिक तथा मानसिक श्रमश्रोषण हुने गरेको उहाँको भनाइ छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बालबालिकाका मुद्दामा मन्त्रालय संवेदनशील रहेको भन्दै उपर्युक्त नीति तर्जुमा र कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *