प्रधानमन्त्री देउवा भेट्न एमाले उपमहासचिव पौडेल बालुवाटारमा
काठमाडौं। एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक बस्नुअघि नै एमाले उपमहासचिव पौडेलले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment