संसदमा एमालेको निरन्तर अवरोध, असोज १९ गते गतेसम्म स्थगित
फाइल फाेटाे।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिवार बसेको प्रतिनिधिसभा बैठकपनि अबरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको जनकारी दिनसाथ एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेले भदौ २३ यता सभामसखको भूमिका निश्पक्ष नभएको भन्दै निरन्तर अवरोध गर्दै आएको छ।
तर,सभामुख सापकोटाले एमाले सांसदहरुको अवरोधकैबीचमा राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाएका थिए ।एमालेको नाराबाजी र अवरोध जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment