चीनका ३८ वटा लडाकू विमान ताइवानको आकाशमा घुसे

डिसी नेपाल
१६ असोज २०७८ १०:०४

काठमाडौं। चीनले आफ्नो हवाइ क्षेत्रमा अहिलेसम्मकै ठूलो अतिक्रमण गरेको ताइवानले आरोप लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको स्थापना दिवसको अवसरमा शुक्रबार ३८ वटा चिनियाँ लडाकू विमानले ताइवानको हवाइ षेत्रमा उडान भरेको ताइवानले आरोप लगाएको छ । पछिल्लो एक वर्षमा ताइवानले कैयौं पटक चीनले आफ्नो हवाइ क्षेत्रमा अतिक्रमण गरेको आरोप लगाएको छ ।

खासगरी ताइवानको दक्षिण पश्चिममा ताइवान नियन्त्रित प्रतास द्विपनजिक चीनले बढी अतिक्रमण गर्ने गरेको ताइवानको आरोप छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १८ वटा जे–१६, ४ सुखोइ लडाकु विमान, २ वटा परमाणु क्षमतासहितका एच ६ बम्बर र एउटा एन्टी सबमरिन लडाकु विमान ताइवानको सीमाभित्र आएका थिए जसको ताइवानका लडाकु विमानले जवाफ दिए । त्यसपछि फेरि १३ वटा चिनियाँ विमान ताइवानको सीमाभित्र आएका थिए । यिनीहरुमध्ये १० जे–१६ एस, २ वटा एच ६ एस र एउटा पूर्व चेतावन विमान थिए ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार ताइएवानले चिनियाँ विमानलाई चेतावनी दिनको लागि लडाकु विमान पठाएको थियो र निगरानीको लागि मिसाइल सिस्टम तैनाथ गरेको थियो । चीनका लडाकु विमानले पहिले प्रतास द्विपनजिकै त्यसपछि ताइवान र फिलिपिन्सलाई अलग गर्ने बाशी च्यानलमाथि उडान भरेका थिए । यस विषयमा चीनको तर्फबाट कुनै बयान जारी गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *