पाकिस्तानमा सशस्त्र समूहद्वारा युद्धविरामको घोषणा

डिसी नेपाल
१६ असोज २०७८ ११:३८

काठमाडौं। पाकिस्तानको उत्तरी वजीरिस्तान कबाइली क्षेत्रमा सक्रिय शूरा मुजाहिदीन नामको एक सशस्त्र समूहले १ अक्टोबरदेखि २० दिनको लागि युद्धविरामको घोषणा गरेको छ । पाकिस्तान सरकार र तहरिक ए तालिबानबीच वार्ता चलिरहेको छ जसका कारण यो संघर्षविराम गरिएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एक साक्षत्कारमा पाकिस्तान सरकार तहरिक ए तालिबान पाकिस्तानसँग सम्बन्धित केही समूहसँग वार्ता गरिरहेको बताएका थिए ।

टर्कीको टेलिभिजन च्यानल टीआरटी वर्ल्डलाई दिएको एक अन्तरवार्तामा उनले भनेका थिए ‘मलाई लाग्छ तहरिक ए तालिबान पाकिस्तानका केही समूह शान्ति र सम्झौताको लागि हामे सरकारसँग वार्ता गर्न चाहन्छन् र उनीहरुसँग हाम्रो कुराकानी चलिरहेको छ ।’ स्थानीय सूत्रले बीबीसी उर्दूलाई बताएअनुसार सरकारसँग वार्ता सफल भएमा युद्धबिरामलाई अझैअगाडि बढाउन सकिनेछ ।

शूरा मुजाहिदीन एक सशस्त्र समूह हो जो उत्तरी वजीरिस्तान क्षेत्रमा सक्रिय छ । २००७ मा तहरिक ए तालिबान पाकिस्तानको डेप्युटी प्रमुख रहेका हाफिज गुल बहादुर शूराले मुजाहिदीनको नेतृत्व गरिरहेका छन् । २०१४ मा भएको अपरेशन जर्ब ए अज्बका कारण हाफिज गुल बहादुर टिटिपीबाट अलग भएका थिए । त्यसपछि उनको समूह निष्क्रिय भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *