ताइवानको हवाइ क्षेत्र अतिक्रमण गर्दै दर्जनौं लडाकू विमान उडाएपछि चीनले के भन्यो ?

डिसी नेपाल
१६ असोज २०७८ १२:०९

काठमाडौं। ताइवानले आफ्नो हवाइ षेत्रमा चीनले अहिलेसम्मकै ठूलो अतिक्रमण गरेको आरोप लगाएको छ । ताइवानका अनुसार चीनले यसको हवाइ सीमा उल्लंघन गर्दै ३८ वटा लडाकु जहाज उडाएको बताएको थियो । यसपछि चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यसलाई एक सामान्य अभ्यास बताउँदै यसलाई क्षेत्रीय अखण्डताको रक्षाको लागि आवश्यक भनेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनको जनमुक्ति सेनाले अभ्यासको लागि ताइवानको एक द्विपनजिक ३० विमान पठाएको थियो । यी विमान शुक्रबार दिउँसो र रातमा पठाइएका थिए । चीनका विशेषज्ञले बताएअनुसार चीनको राष्ट्रिय दिवस भए पनि यो एक नियमित अभ्यास थियो तर यसले ताइवान द्विपमा पीएलएको बढ्दो युद्ध तयारी र दृढ संकल्पलाई देखाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले यो घटनालाई लिएर एक वक्तव्य जारी गर्दै शुक्रबार २५ पीएलए विमानले ताइवानको स्वघोषित दक्षिण पश्चिमी हवाइ सीमा क्षेत्रमा प्रवेश गरेको बताएको छ । यसमा १८ जे १६ विमान, ४ सुखोइ ३० लडाकु जेट, २ एच ६ बमवर्षक विमान र एक वाइ ८ एन्टि सबमरिन युद्धविमान थिए । रातमा अरु १३ पिएलए विमान ताइवानको षेत्रमा प्रवेश गरेका थिए । यिनीहरु १० जे १६, २ एच ६ र एक केजे ५०० पूर्व चेतावनी विमान थिए ।

चीनका सैन्य विशेषज्ञ र टिभी कमेन्टेटर सोंग जोंगपिंगले ग्लोबल टाइम्ससँग भने ‘पिएलएले ताइवानको द्विपनजिक आफ्नो अभ्यास बढाइरहेको छ । यो सामान्य र नियमित अभ्यास हो । द्विपमा सैन्य बल र विदेशी हस्तक्षेप रोक्नको लागि पिएलएले अझै तैनाथी गर्नुपर्छ । त्यसैले यस्ता अभ्यास ठूलो परिमाणमा हुनुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *