बोतलमा अड्किएको गुप्तांग सड्न थाल्यो, २ महिनापछि बल्ल पुगे अस्पताल

डिसी नेपाल
१६ असोज २०७८ १६:०४

काठमाडौं। ४५ वर्षका एक पुरुषको गुप्तांग प्लास्टिकको बोतलमा अड्कियो । २ महिनासम्म ती व्यक्ति त्यही अवस्थामा घुमिरहे । जब धेरै नै समस्या हुन थाल्यो त्यसपछि बल्ल अस्पताल पुगे जहाँ डाक्टरहरु उनको अवस्था देखेर अचम्ममा परे । त्यसपछि बल्ल थाहा भयो कि यौन सुखको चक्करमा उनको गुप्तांग प्लास्टिकको बोतलमा अड्किएको थियो ।

घटना नेपालकै हो । यी व्यक्तिको गुप्तांग प्लास्टिकको बोतलमा अड्किएको थियो । लज्जाबोधका कारण ती व्यक्तिले यसबारे कसैलाई जानकारी दिएनन् । उनी २ महिनासम्म यत्तिकै घुमिरहे । जब उनको गुप्तांग सड्न थाल्यो र दुर्गन्ध आउन थाल्यो त्यसपछि बल्ल उनी अस्पताल पुगे । डाक्टरहरु यो विचित्रको केस देखेर छक्क परे ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले यो केसको रिपोर्ट इन्टरनेशनल जर्नल अफ सर्जरी केस रिपोर्टसमा प्रकाशित गरेका छन् । केस रिपोर्टमा डाक्टरहरुले ती व्यक्तिको कुहिएको गुप्तांगको डरलाग्दो तस्वीरसँगै सर्जरी गरेर प्लास्टिकको बोटल हटाइँदै गर्दाको तस्वीरसमेत प्रकाशित गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टरहरु दुर्गा न्यौपाने, सुधिर कुमार सिंह, आवाज काफ्ले, समीर चौधरी, सुशील शर्मा सुवेदी र सुनित क्षेत्रीले यो केस रिपोर्ट लेखेका हुन् । डाक्टरहरुका अनुसार जाँचमा ती व्यक्तिको गुप्तांगमा बोतलका कारण रक्तसंचार रोकिएको र यही कारण उनको गुप्तांग सड्न थालेको थियो ।

डाक्टरहरुले पहिले मेडिकल कटिङ उपकरणको सहयोगले गुप्तांगलाई बोतलबाट अलग गर्ने कोसिस गरेका थिए तर उनीहरु सफल हुन सकेनन् । त्यसपछि उनीहरुले तार काट्ने वायर कटरको प्रयोग गरेर बोतल हटाएका थिए । डाक्टरहरुले उनको उपचार सुरु गरे । तर, प्रारम्भिक उपचारपछि उनी फेरि उपचारको लागि आएनन् ।

डाक्टरहरुले ती व्यक्तिको पहिचान खुलाएका छैनन् । उनी मानसिक रोगी भएको बताइउको छ । डाक्टरहरुले रिपोर्टमा उल्लेख गरेअनुसार ती व्यक्तिले डाक्टरलाई आफूले बेलाबेलामा प्लास्टिक बोतलको साथमा विभिन्न प्रयोगहरु गरिरहने बताएका थिए । ती व्यक्तिले पहिले यस्तो नभएको भए पनि यस पटक आफू समस्यामा फसेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *