‘शूल्यता’ सार्वजनिक

डिसी नेपाल
१६ असोज २०७८ १७:०३
32
Shares

काठमाडौं ।  कथाकार सविन पोखेरलद्वारा लिखित ‘शूल्यता’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशन गरेको सो सङ्ग्रह यहाँ आज आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले लोकार्पण गरे ।

सो अवसरमा कुलपति श्रेष्ठले राष्ट्र, राष्ट्रियता र मानवतासँगै पछिल्लो समयमा राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका विरुद्ध लाग्न साहित्यकारलाई अनुरोध गरे । उनले भने, “अब नेपाली साहित्य समृद्ध देश बनाउनेतर्फ केन्द्रित हुनुपर्छ, समाजमा महिलामाथि हुने हिंसाका विरुद्धमा साहित्य बोल्नुपर्छ ।”

शिक्षाविद् प्रा डा रामप्रसाद दाहालले दुःखपूर्ण जीवनको लेखनीमा पनि कथाकारले स्वादिला अनुभूति प्रस्तुत गरेको टिप्पणी गरे । सङ्ग्रहमा कथाकार पोखरेलले जन्म, जीवन भोगाइ, विपत्ती, दुःख, मृत्यु र विभिन्न अवस्थामा विभन्नि स्थानमा छरिएर बसेका निम्न आय भएका र देश छाडेर शरणार्थीका रुपमा जीवनयापन गरिरहेका नागरिकको कथालाई समावेश गरिएको छ । मोर्डन कन्या मल्टिपल कलेजका प्रिन्सिपलसमेत रहनुभएका कथाकार पोखरेलले यसअघि ‘नमेटिने सङ्कल्पहरु’ (कथासङ्ग्रह) प्रकाशन गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *