यो वर्षको अगस्ट १४२ वर्षको इतिहासमा छैटौं गर्मी महिनाः अमेरिकी जलवायु निकाय

डिसी नेपाल
१७ असोज २०७८ १०:०३

न्युयोर्क। अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तपाईले कत्तिको गर्मी महशुस गर्नुभयो? यस बारेमा तपाइँले ख्याल नगरे पनि मौसमविद्हरुले भने गर्मी बढेको विषयमा निकै चासो देखाएका छन्। किनकी, जलवाय विज्ञहरुका अनुसार यो वर्षको अगस्ट निकै गर्मी महिनामध्येको एक हो।

यो वर्षको अगस्ट पृथ्वीमा विगत १४२ वर्षमा भएका अत्यधिक गर्मी महिनामध्येको छैटौं गर्मी महिना भएको अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायु प्रशासनअन्तर्गतको वातावरण सूचनाका लागि राष्ट्रिय केन्द्र एनसीइआईले जनाएको छ।

यो अगस्टमा विश्वव्यापी सतही तापमान २० औं शताब्दीमा रेकर्ड भएको औषत १५ दशमलब ६ डिग्री सेल्सियस भन्दा ० दशमलब ९० माथि छ । भूमिको सतहको तापक्रमलाई मात्र तुलना गर्ने हो भने सन् २०२१ को अगस्ट सन् २०१६ को अगस्टपछि दोस्रो तातो महिना हो।

सन् २००९ पछि सामान्यभन्दा तातो हुने महिनाहरू बारम्बार बढिरहेका छन्। एनसीइआईको तथ्यांकअनुसार सन् २००९ पछि गर्मी बढेका अगस्ट महिनाको संख्या १० पुगेको छ।

वर्षेनी रेकर्ड नै तोड्ने गरी सतही तापमान बढ्नुमा उत्तरी आंक्षाशको तापमानमा भएको सामान्य बृद्धि हो, ’ एनसीइआईले भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *