प्यान्डोरा पेपर्सः पुटिनकी प्रेमिकाको नाममा १० करोड डलर अवैध सम्पत्ती

डिसी नेपाल
१८ असोज २०७८ ८:४८
164
Shares

मस्को । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले प्रेमिकाका लागि मंहगो अर्पाटमेन्ट, एउटा याचसहित करिव दश करोड डलर बराबरको अवैध सम्पत्ती जम्मा गरिदिएको खुलासा भएको छ।

अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्न स्थापना गरिएका अफशोर कम्पनीवारे तयार पारेको दस्तावेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो।

राष्ट्रपति पुटिन आफ्नो गृह जिल्ला सेन्ट पिटर्सवर्गको उपमेयर भएदेखि नै रसियाली सुन्दरी स्भेटलाना क्रिभोनोगिखसँग जोडिएका छन्। ४६ वर्षीय स्भेटलानाको तर्फबाट पुटिनको एक छोरीसमेत भएको बताइन्छ।

अफसोर कम्पनीमार्फत क्यारिवियन र भर्जिन आइल्यान्डमा स्भेटलानाले अबैध कारोबार गरेको आईसीआइजेको दस्तावेजमा उल्लेख छ। पुटिनले स्भेटलानाका लागि सेन्ट पिटर्सवर्गमा एउटा फ्ल्याट र महत्वपूर्ण सम्पत्ती जोहो गरेको दस्तावेजमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *