२ श्रीमती र ५ छोराछोरी छोडेर हिँडेका व्यक्ति ४७ वर्षपछि घर फर्किंदा छाँगाबाट खसे

डिसी नेपाल
१८ असोज २०७८ १३:०५

काठमाडौं। एक व्यक्ति ३७ वर्षको उमेरमा अचानक हराएका थिए । उनका २ वटी श्रीमती र ५ जना छोराछोरी थिए । ४ दशकभन्दा धेरै समयपछि उनी घर फर्किए तर त्यहाँको वास्तविकता थाहा पाएपछि उनी छाँगाबाट खसे । उनले यस्तो खबर पाए कि उनको खुसी पलभरमै निराशामा बदलियो ।

केन्याको काकामेगा काउन्टीमा फर्केर आएका यी वृद्धको कहानी अहिले चर्चामा छ । डेलीस्टारमा प्रकाशित एक रिपोर्टअनुसार पिटर ओयुका नामका व्यक्ति ४७ वर्षपछि आफ्नो घर फर्किएका थिए । ३७ वर्षको उमेरमा घर छाडेर हिँडेका उनको उमेर अहिले घर फर्किंदा ४७ वर्ष भइसकेको छ ।

ओयुका १९७४ मा हराएका थिए । त्यतिबेला उनको उमेर ३७ वर्ष थियो । उनका पत्नी र छोराछोरीहरु उनी गएपछि निकै चिन्तित थिए । यही बीचमा उनले गाउँलेहरुलाई आफू कामको खोजीमा हिँडेको सूचना दिए । तर, उनले परिवारलाई भने यसबारेमा केही बताएका थिएनन् ।

पिटर ओयुकाले स्थानीय मिडियालाई बताएअनुसार उनी १९८३, १९९२ र १९९६ मा आफ्नो गाउँ फर्किएका थिए तर त्यतिबेला केही कारणले उनी आफ्नो घर जान सकेका थिएनन् । अब उनी ४७ वर्षपछि घर फर्किंदा भने उनको संसार नै बदलिएको थियो किनकि उनका दुवै पत्नहिरुले अरु नै पुरुषसँग बिहे गरेर गइसकेका थिए ।

ओयुकाका पत्नीहरु छोरेर गए पनि उनका छोराछोरी भने त्यहीँ छन् । उनका जेठा छोरा अहिले ५३ वर्षका भए जसलाई ओयुकाले ६ वर्षको उमेरमा छोडेर गएका थिए । ओयुकाका अनुसार उनी यो समय तान्जानियामा थिए जहाँ एक महिलासँग उनको सम्बन्ध थियो र त्यहाँ पनि एक छोरा छन् । तर, ती महिलासँग सम्बन्ध तोडेर फर्किएका ओयुकाका दुवै श्रीमती अन्तै बिहे गरेर गइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *