पूर्वयुवराज पारस शाहको निवासमा चोरी, कामदार पक्राउ

डिसी नेपाल
१८ असोज २०७८ १७:४३
4.4k
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी  भएकाे छ। उनकाे विवासमा चाेरी गरेकाे  आरोपमा त्यहाँ काम गर्ने कामदार पक्राउ परेका छन्।

पोखराको लेकासाइडस्थित बुलउँदीमा भाडामा लिएको घरमा काम गर्ने कामदारले चोरी गरेको भन्दै प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनलाई अहिले महाराजगन्ज वृत्तमा राखेर अनुसन्धान भैरहेको छ। प्रहरीका अनुसार शाहको निवासबाट क्यामरा, २ थान, आइप्याड, २ थान, दुरविन र नोकिया सेट चोरी भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *