शिक्षकको सम्मानमा आज विश्व शिक्षक दिवस मनाइँदै

डिसी नेपाल
१९ असोज २०७८ ६:५९
76
Shares

काठमाडौं।आज ५ अक्टोबर अर्थात् विश्व शिक्षक दिवस। हरेक वर्ष आजको दिनलाई गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा मनाइने गरिन्छ। संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन विश्व शिक्षक दिवस मनाइँदै आएको छ।

शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आइएको छ।

यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस संसारभर मनाइँदै छ। विश्वका १०० देशले विश्व शिक्षक दिवस मनाउने गरेका छन्। नेपालमा असारको पूर्णिमामा मनाइने गुरू पूर्णिमालाई शिक्षकको सम्मान गर्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *