नेपालगञ्ज उड्नै लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

डिसी नेपाल
१९ असोज २०७८ १०:४७
796
Shares

काठमाडौं। श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ। जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ। करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जहाज उड्नुअघि नै पाङ्ग्रा ट्याक्सी वे छोडेर घाँसतिर गएको बताए । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए।

जहाज धावनमार्गमा नभएकाले उडान भने प्रभावित नभएको बुझिएको छ । जहाजमा कुनै क्षति नभएको र के कारणले घटना भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने श्री एयरलाइन्सले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *