लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा

डिसी नेपाल
२४ असोज २०७८ १०:०३

काठमाडौं। सानिमा बैंकले सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। बैंकले १४ कात्तिकमा १७औं वार्षिक साधारणसभा आह्वान गरेको हो।

बैंकले कोरोनाका कारण भर्चुअल रूपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने जनाएको छ।

सभाले हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन्।

साधारणसभाका लागि बैंकले ७ कात्तिकमा एक दिनको लागि बुकक्लोज गर्नेछ। जसअनुसार ४ कात्तिकसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *