महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा

डिसी नेपाल
२४ असोज २०७८ १३:११

काठमाडौं। महिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको २२ असोजमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *