नेपाल भ्लग च्यालेन्जमा ५ जना युवा चुनिए

डिसी नेपाल
२४ असोज २०७८ १५:११

काठमाडौं। १० लाख नगद पुरस्कार र वल्र्ड भ्लग च्यालेन्जको टिकटसहितको नेपालको पहिलो भ्लग च्यालेन्जमा नेपाली ५ उत्कृष्ट फाइनलिस्टहरु छनोट भएका छन्।

उक्त फाइनलिस्टहरु लोकप्रिय चलचित्र निर्माता, निर्देशक तथा भ्लगरहरु निर्णायक मण्डलमा सदस्यहरु निश्चल बस्नेत, सिसन बानियाँ, मिलन थापा र रोहित शाक्यद्वारा छनौट भएका हुन्। देशभरका ८७ जना मध्य २७ जना भ्लगर्सहरु सेमिफाइनलमा पुग्न सक्षम भएका थिए। साथै गत हप्ता मात्रै निर्णायक मण्डलमा सदस्यहरुले उत्कृष्ट ११ जान भ्लगहरु छनोट गरेका हुन्।

फाइनलिस्टमा लोकप्रिय भ्लगर प्रज्वोल थापा मगर, बिश्वास राई, रोशन महर्जन, सुजन गौतम र आशुतोष बाराही गरी उत्कृष्ट ५ जना फाइनलिस्टहरु छनोट भएका छन्।

आगामी अक्टोबर १७ सम्ममा नेपाल भ्लग च्यालेन्जको पहिलो बिजेता चुुन्नेछ र पहिलो हुने भ्लगले १० लाख रुपैयाँको नगद पुरस्कार जित्नुका साथै ‘विश्व भ्लग प्रतिस्पर्धा’का लागि सहभागी हुने टिकट प्राप्त गर्नेछ । देश विदेशका गरी १० जना ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरु सगरमाथा आधार शिविरसम्म पदयात्रामा जाने भएका छन्।

ट्रेकिङ गर्न लागेका निर्माता तथा भ्लगर्सहरुका युट्बुमा २ करोडभन्दा बढी फलोअर्स छन् भने समग्र सामाजिक सञ्जालमा ३ करोडभन्दा बढी फलोअर्स छन्।

२५ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’ पदक विजेता मिङ्मा शेर्पाका साथमा चलचित्र निर्माता तथा भ्लगर्सहरुको टोली सहासिक पदयात्रामा प्रस्थान गर्न लागेको हो। पदयात्रामा कामीरिता मुख्य प्रशिक्षक (हेड कोच) रहने छन् भने मिङ्माले टोलीको नेतृत्व गर्ने छन्।

उक्त पदयात्रामार्फत विश्वभरका चर्चित चलचित्र निर्माता तथा भ्लगर्सहरु हिमालयको आवाज बन्नुका साथै नेपालको सुन्दरता, यहाँका मानिस, खानपिन र संस्कृतिको प्रवर्द्धन गर्ने बताइएको छ। उक्त कार्यक्रम नेपालकै अग्रणी तथा सबैभन्दा ठूलो इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुमध्ये एक, ‘पार्टी नेपाल’को आयोजनामा हुन लागेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *