आईएसका वरिष्ठ सदस्य सामी जसिम गिरफ्तार
बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले इस्लामिक स्टेट (आईएस) का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको घोषणा गरेका छन्।
इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल-बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्।
अल कादिमीले कहिले र कहाँ ठ्याक्कै उक्त अपरेशन भयो भन्ने बारे थप विवरण भने बताएका छैनन्।इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक अपरेशनमा थप विवरण नदिई पक्राउ गरिएको थियो।
कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिको नजिक छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment