पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु – Dcnepal

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर


मकवानपुर । दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो।

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राती मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए। लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिए पनि बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो