अमेरिकी शत्रुतापूर्ण नीतिबिरुद्ध अजय सेनाको अबधारणा आएको होः किम
सीउल। उत्तर कोरियाली तानाशाह किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिबिरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन्। तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रित हुने उनले बताएका छन्।
‘हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौं’, उनले भने। मंगलबार राजधानी प्योङयाङमा आयोजित आत्मसुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले अजय सेना घोषणा गरेका थिए।
यसअघि उत्तरले आवाज भन्दा पनि चाँडो पुग्ने हाईपरसेनिक र शत्रुको विमान झार्न सक्ने क्षेप्यास्त्र विकास गरेको जनाएको थियो। उत्तरको विकासले छिमेकी दक्षिण कोरिया र जापानले आपत्ती जनाएका थिए।
छिमेकी मुलुकसँग उत्तरले युद्ध नगर्ने उनले बताए । तर, उनले अमेरिकाको भने चर्को आलोचना गरे । अमेरिकाले प्योङयाङसँग वार्ता गर्नका लागि आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment