पहाडी भेगमा हल्का वर्षाको सम्भावना, अन्य ठाउँमा माैसम सफा रहने

डिसी नेपाल
२७ असोज २०७८ ७:१९

काठमाडौं। आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ।

त्यसैगरी राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन नभएको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *