ट्याक्टर दुर्घटनामा एमाले जिल्ला अध्यक्ष पालका छोराको निधन

डिसी नेपाल
२७ असोज २०७८ ८:११

बैतडी। बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन्।

मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्। आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गोकुलेश्वरबाट सतबाझ आउँदै गरेको ट्याक्टर गएराति साढे १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा पंसेरा निवासी रुपेश कोली घाइते भएका छन्।

मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृत्यु भएको घोषित गरेका हुन्। दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको डाक्टर बसन्तराज जोशीले बताए ।

ट्याक्टर सडकभन्दा सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *