कैदीबन्दीलाई दसैँ मनाउन खसी उपहार
लमजुङ । लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ। नेपाल बार एसोसियन लमजुङ बार इकाइले दसैँ हर्षाेल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको हो।
नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तण गरेका हुन्।
नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए।
कैदीबन्दीले दसैँ पर्व हर्षाेल्लासका साथ मनाउन भन्ने मानवीय सोचका साथ बारले १८ हजारको खसी कैदीबन्दीलाई प्रदान गरेको कारागारका जेलर जगदिश मिश्रले जानकारी दिए। हाल कारागारमा २ जना नाबालक बाहेक १ सय ४ जना कैदीबन्दी रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment