५ हजार ५९४ परीक्षण गर्दा ३६५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु – Dcnepal

५ हजार ५९४ परीक्षण गर्दा ३६५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा नेपालमा ५ हजार ५९४ जनाको परीक्षण गर्दा ३६५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६०९ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६७१ पीसीआर परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै १ हजार ९२३ परीक्षण गर्दा ३९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो