श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

डिसी नेपाल
२८ असोज २०७८ ८:०७

नयाँ दिल्ली। श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको छ। विश्व्यापी रुपमा गरिएको एउटा बृहत अध्ययनले यस्तो देखाएको हो। चार दशक अर्थात सन् १९७३ देखि सन् २०१६ सम्म ४५ देशका दम्पत्तिमा गरिएका सो अध्ययनमा श्रीमानको तुलनामा श्रीमतीले थोरै आय आर्जन गर्ने देखाइएको हो।

वेंग्लोरस्थित सेन्टर फर पब्लिक पोलिसीका प्राध्यापक हेमा स्वामीनाथन र प्राध्यापक दीपक मलघानले विभिन्न देशका १८ देखि ६५ वर्ष उमेर समूहका २८ लाख ५० हजार मानिसको अध्ययन गरेका थिए।

गैर नाफामुखी संस्था लक्जम्वर्ग इन्कम स्टडी (एलआईएस) ले तथ्यांक संकलन गरेको थियो । परम्परागत गरिबीलाई अनुमान गरेर गृहस्थीलाई इकाइमा गणना गरिएको थियो।

‘गृहस्थीभित्र दम्पत्तिलले कमाएको आम्दानी समान वितरण गरिएको मानिन्छ । तर, सबैभन्दा ठूलो असमानता हुने स्थान गृहस्थी जीवन हो’, प्राध्यापक स्वामीले भने।

प्रतिवदेनले गृहस्थीलाई एउटा ब्ल्याक बक्सको रुपमा ब्याख्या गरेको छ। भारतको श्रम क्षेत्रमा लैंगिक बिभेद छ । सामान्यतया कार्यक्षेत्रमा महिलाको संख्या न्युन छ । त्यस्तै फूलटाइम काम गर्ने महिलाको संख्या पनि नगण्य छ।

अनुसन्धानकर्ताहरुका अनुसार विश्वभर धनी वा गरिब सबै गृहस्थीमा लैंगिक असमानता छ । पुरुषले जत्तिकै कमाउने महिलाको हकमा पनि यस्तो असमानता देखिएको उनीहरुको निस्कर्ष छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *