जापानमा संसद बिघटन, ३१ अक्टोबरमा निर्वाचन

डिसी नेपाल
२८ असोज २०७८ १३:१५

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा गरेका छन्। उनी दुई साताअघि मात्र जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। आगामी ३१ अक्टोबरमा निर्वाचनको मिति तोकिएको छ।

किशिदाले नेतृत्व गरेको सत्तारुढ लिबरल डेमोक्रयाटि पार्टीले निर्वाचनमा बहुमत ल्याउन सक्ने अनुमान गरिएको छ। हालै जापानमा कोभिड संक्रमणका घटनामा कमी आएको छ र त्यसको जस डेमोक्रयाटिक पार्टीले लिदै आएको छ।

विश्वयुद्धपछि जापानको इतिहासमा संसदको कार्यकाल समाप्त भएर निर्वाचन घोषणा गरिएको यो पहिलो पटक हो। संसद विघटन र निर्वाचन मितिको समय अन्तर दुई साता मात्र छ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख टाडामोरी ओसिमाले संसदको वैठकपछि बिघटन गरिएको घोषणा गरेका थिए। सभामुखको घोषणपछि सांसदहरु कुर्चीबाट उठेर खुसीको ताली बजाएका थिए। आगामी मंगलबारदेखि औपचारिक रुपमा निर्वाचन प्रचार सुरु हुनेछ।

यसअघि किशिदाले एलडीपीका सदस्यलाई समर्थन गर्न अनुरोध गरेका थिए।

प्रमुख विपक्षी दल कन्स्टिच्युसनल डेमोक्रयाटिक पार्टी अफ जापानका नेता युकिओ इदानोले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लागाउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *