हिंसाको केन्द्रबिन्दु जम्मु र काश्मीरमा शत प्रतिशतले लगाए कोभिड खोप

डिसी नेपाल
२८ असोज २०७८ २१:४५

काश्मीर । जम्मु र काश्मीरका १८ वर्षमाथिका सबै नागरिकले कोभिडबिरुद्धको खोप लगाएका छन् । जम्मु र काश्मीरका २० ओटै जिल्लाका खोप लगाउन योग्य सबै व्यक्तिले पहिलो डोज लगाएका हुन् । हिंसा र अस्थिरताको केन्द्र मानिने जम्मु कश्मीरमा अहिलेसम्म १ करोड ४० लाख डोज खोप लगाइएको त्यहाँको स्थानीय सरकारले जनाएको छ ।

खोप लगाउन हजारौ स्वाथ्यकर्मी एक दिन पनि बिदामा नबसी खोप कार्यक्रममा खटिएका थिए । आफूले विगत पाँच महिनादेखि एक दिन पनि बिदा नलिइ खोप कार्यमा जुटेको स्वास्थ्य कार्यकर्ता रजिया बताउँछिन् । उनले मात्र यो अवधिमा ३० हजार खोप लगाइदिइन् ।

‘हाम्रो स्वाथ्य उपकेन्द्रले पाँच लाख खोप लगाइदिएको छ । त्यसमध्ये पछिल्लो पाँच महिनामा मैले व्यक्तिगत रुपमा ३० हजारलाई खोप लगाइदिए ।’, उनी भन्छिन् । बिहीबार सरकारले जम्मु काश्मीरमा शत प्रतिशतले खोप लगाएको जनाएको छ । १५ अक्टोबरसम्म जम्मु र काश्मीरका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने सरकारले योजना गरेको थियो ।

पहिलो डोज शत प्रतिशतले लगाएको खुसीयालीमा चिकित्सक र खोप लगाउने स्वास्थ्यकर्मीलाई स्वास्थ्य विभागका उच्च अधिकारीले सम्मान गरेका थिए ।

काश्मीरमा दुर्गम पहाडी क्षेत्रमा स्वास्थ्यकर्मीहरु घर घरमै पुगेर खोप लगाएका थिए । प्रतिकूल मौसम, असुरक्षा, र इन्टरेनटको पहँुचको अभावबीच स्वास्थकर्मीहरु घन्टौसम्म पैदलै हिडेर खोप लगाउन सर्वसाधरणको घरमा पुगेका थिए । अहिलेम्म जम्मु र काश्मीरमा १ करोड ४० लाख डोज खोप लगाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *