नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए
काठमाडाैं । नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्। सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन्। जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन्।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ। अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ। उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ।
सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ। नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन्। सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment