गृहमन्त्री खाणँद्वारा नर्भिक पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि आइतबार भर्ना भएका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन्।
लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाँणले उनको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिए वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment