यस्तो छ, आजको विनिमयदर

डिसी नेपाल
२ कार्तिक २०७८ ११:०८

काठमाडाैं। आज साताको तेस्रो दिन मंगलबार नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा विनिमयदरको विवरण सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर साट्दा एक अमेरिकी डलरको १२० दशमलव २५ रुपैयाँ खरिददर र बिक्रीदर भने १२० दशमलव ८५ रुपैयाँ रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ दशमलव ८७ पैसा र बिक्रीदर भने ८९ दशमलव ३१ पैसा रहेको छ। क्यानेडियन डलर १ को ९७ दशमलव ०५ पैसा र बिक्रीदर ९७ दशमलव ५४ पैसा रहेको जनाएको छ।

मगंगलबार कतारी रियाल एकको खरिद दर ३३ दशमलव २ पैसा रहेको छ भने बिक्रीदर ३३ दशमलव १८ पैसा कायम भएको छ । त्यस्तै, जापानीज येन १० को खरिद दर १० दशमलव ५२ पैसा रहेको छ भने बिक्रीदार १० दशमलव ५७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को खरिद गर्दा १८ दशमलव ७० पैसा रहेको छ भने, विक्रीदर १८ दशमलव ७९ पैसा रहेको छ ।

अन्य बाँकी मुलुकहरुको मुद्रा खरिद बिक्रीदर तालिकामा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *