साल्ट ट्रेडिङ्गको बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२ कार्तिक २०७८ ११:३८

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।

समायोजनपछि कम्पनीको सेयर मूल्य ६ हजार ५७४ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रति कित्ता ७ हजार ८९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार बुक क्लोज गरेको छ।

सभामा सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साल्ट ट्रेडिङको अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा १६ कात्तिकमा जुम एप्लिकेसन (भर्चुअल माध्यम) बाट बिहान ११ बजे सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *