माछा मार्न गएका तीन बेपत्ता

डिसी नेपाल
२ कार्तिक २०७८ २२:००

काठमाडौं।कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

निजका आफन्त तीर्थबहादुर घर्ती मगरले आज इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी टोली उक्त स्थानमा खटी निजहरूको खोजतलास कार्य भइरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *