ठेचो नवदुर्गा नाच सम्पन्न

डिसी नेपाल
३ कार्तिक २०७८ २०:०८

काठमाडाैं। पाटन मूलचोकमा मनाइने ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ ।

ठेचो नवदुर्गा नृत्य वर्षमा दुई पटक दसैँ र योमरी पुन्हीको समयमा गरिन्छ भने गत वर्ष कोभिडको महामारीका कारण गरिएको थिएन । यस नृत्य समूहमा भैरव, सिमा, धुम्बा, भगवान् गणेश, वाराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इन्द्रायणीको मुखौटाले सजिएका ११ जना नर्तकहरू हुन्छन् भने भेडा र राँगोको बलि दिइने चलन छ ।

यस समूहले नाच्ने नाचको अन्य स्वदेशी नृत्यहरू सिक्ली नाच (खोखाना), अजिमा नाच (काठमाडौं), सप्त मातृका नाच र गटु प्याखान (कीर्तिपुर) र अस्ट मातृका नाच (ललितपुर)सँग समानता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *