काठमाडौं एयरपोर्टमा गैरआवासीय नेपालीमाथि हुने दुर्व्यवहारको भत्र्सना, असोज २७ को घटनाको छानविन गर्न माग

डिसी नेपाल
५ कार्तिक २०७८ ९:३०

वासिंगटन डिसी। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा गैरआवासीय नेपालीहरुलाई दुर्व्यवहार गर्ने अध्यागमनका कर्मचारीहरु माथि तत्काल छानविन गरी कडा कारवाही गर्न गैरआवासीय नेपाली संघका नेता राजन त्रिपाठीले माग गरेका छन्।

गैरआवासीय नेपाली संघ,अमेरिकाका सल्लाहकार डा.दामोदर पौडेल र उनकी पत्नीलाई त्रिभुवन विमानास्थल अध्यागमनका कर्मचारीले विनाकारण दुख दिई दुर्व्यवहार गरेकोमा उनले भत्सर्ना गरेका छन् र सो घटनाको तत्काल छानविन गर्न माग पनि गरेका छन्।

असोज २७ गते विहान ९ बजेको समयमा कतार एयरबाट उत्रेर अध्यागमनको प्रक्रिया पूरा गर्ने क्रममा डा.पौडेल र उनकी पत्नीलाई कागजात नपुगेको भन्दै विनाकारण घण्टाभन्दा बढी समय अल्झाएर राखिएको थियो।

डिसी नेपालमा घटनाको भोलिपल्ट नै विस्तृत विवरणसहितको डा.पौडेलको लेख प्रकाशित भएको थियो। लेखमा डा.पौडेलले आफूहरुमाथि भएको दुर्व्यवहारको फेहरिस्त प्रस्तुत गरेका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी) का अमेरिकाज क्षेत्रका संयोजकसमेत रहेका त्रिपाठीले संयुक्त राज्य अमेरिका र अन्य मुलुकहरुबाट चाडवाड र काम विशेषले नेपाल जाने गैरआवासीय नेपालीहरुमाथि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अध्यागमनका कर्मचारीबाट दुर्व्यवहार भएका घटनाहरु सार्वजानिक भएको भन्दै त्यस्तो कार्यको भत्र्सना पनि गरेका छन्।

अक्टोवर २१ तारिक साँझ एक विज्ञप्ति जारी गर्दै संयोजक त्रिपाठीले भनेका छन्, “नेपालीहरुको महान चाड दशैं मनाउन, आफन्त तथा परिवारजनसँग भेटघाट गर्न आफ्नो मातृभूमि पुग्ने गैरआवासीय नेपालीहरुलाई अध्यागमनका कर्मचारीहरुले विनाकारण घण्टौंसम्म विमानास्थलमै रोक्ने, कागजपत्र नपुगेको वाहना गर्ने र घण्टाभन्दा बढी उभ्याएर पछि कुनै कागजपत्र माग नगरी प्रवेश गराउने गरेका घटनाहरुले ठूलो उत्साह बोकेर आफ्नो जन्मभूमि पुग्नेहरु अपमानित महसुस गरिरहेका छन्।”

उनले नेपालको संविधान र गैरआवासीय नेपाली ऐन एवं नियमले दिएका अधिकारहरु स्वतन्त्रतापूर्वक प्रयोग गर्न गैरआवासीय नेपालीहरुले पाउनु पर्ने माग पनि नेपाल सरकारसँग गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “गैरआवासीय नेपालीको परिचय पत्र देखाउँदा देखाउँदै आफ्नो जन्मभूमि भ्रमणमा जान निरुत्साहित गर्नु, हतोत्साही गर्नु र विनाकारण दुख दिनुले गैरआवासीय नेपालीप्रति नेपाल सरकार र सरकारी कर्मचारीको दुर्भावनामात्र देखाउँछ। र, यस्तो कार्यले गैरआवासीय नेपाली परिचय पत्र लिनको लागि पनि विदेशमा बस्ने नेपालीहरुलाई दुरुत्साहित गर्दछ।’

असोज २७ गते विहान ९ बजेको समयमा कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा पुग्नुभएका गैरआवासीय नेपाली संघ, अमेरिकाका सल्लाहकार डा.दामोदर पौडेल र उहाँकी पत्नीलाई अध्यागमनका कर्मचारीले दुव्र्यवहार गरेको कुरा त मिडियामै सार्वजानिक भएको छ। गैरआवासीय नेपाली परिचयपत्र देखाउँदा देखाउँदै उहाँहरुमाथि अध्यागमनमा भएको दुव्र्यवहारको भत्सर्ना गर्दछु । यसरी अध्यागमनमा भएको दुव्र्यवहारको तत्काल छानविन गरी दोषी कर्मचारी उपर कारवाहीको माग गर्दछु।’


विज्ञप्तिमा भनिएकाे छ, ‘ नेपालको संविधान, गैरआवासीय नेपाली ऐन र कानूनले दिएको अधिकार प्रयोग गरी आफ्नो मातृभूमिमा सहज प्रवेश पाउनुपर्ने, कानूनले तोकअनुसार बसोवास एवं हक अधिकार पाउनु पर्नेमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु। सधैं आफ्नो जन्मभूमिप्रति चिन्तित रहने, माया गर्ने र विदेशमा बसेर पनि मुलुकलाई परेको बेला तन,मन र धनले सहयोग पुर्याउने गैरआवासीय नेपालीहरुको भावनाको सम्मान गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ”

याे पनि पढ्नुस्

नेपालको अध्यागमनमा यस्तो दुर्व्यवहार भोग्नु पर्दा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *