नेपालको अध्यागमनमा यस्तो दुर्व्यवहार भोग्नु पर्दा – Dcnepal

नेपालको अध्यागमनमा यस्तो दुर्व्यवहार भोग्नु पर्दा

आफ्नो जन्मभूमि टेक्न पाउने अवसर मिल्नु विदेशमा बस्ने हरेक नेपालीका लागि ठूलो उत्साहको कुरा हुन्छ। त्यो पनि दशैंजस्तो चाडपर्वको बेला आफ्ना मान्यजनसँग आशीर्वाद थाप्न पाइने हुनाले अघिपछिभन्दा भिन्न सबै आफन्तजनसँग टीका थाप्न पाइने निहुँमा हुने भेटघाटको पूर्वकल्पनाले नै विदेशमा हिड्नुअघि अर्कै उमंगको संचार गराएको हुन्छ, जसले घण्टौं लामो हवाइ यात्राको सकस र एयरपोर्ट ट्रान्जिटमा बस्दाको दुख पनि सहजै र्बिर्सन पुगिन्छ।

अमेरिकाको ओहायो राज्यबाट जहाज चढेर नेपाल उड्नुअघि मनभरि यस्तै उत्साह बोकेर हामी बुढाबुढी (म डा.दामोदर पौडेल र मेरी पत्नी डा सञ्जु महतो) उडेका थियौं।

नेपाल उड्नुअघि एनआरएनएका पूर्वअध्यक्ष एवं साहित्यकार जीवा लामिछानेको एउटा टिठलाग्दो फेसबुक स्ट्याटस पढेको थिएँ– नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलको अध्यागमन प्रणालीको भद्रगोलले सयौं यात्रुहरुले अनाहक दुख पाएको विवरण उहाँले उल्लेख गर्नु भएको थियो।

यो पढेर नेपाल उड्न लागेको मलाई मनको एक कुनामा चिरिक्क चिमोटेको थियो जहिले पनि अस्तव्यस्तताकै मात्रै खवर पढ्नुपर्ने। कहिले काहीँ त सुव्यवस्था, सुविधाका समाचारहरु पढ्न पाए पनि परदेशमा बसेर आफ्नो जन्मभूमिलाई असाध्यै माया गर्ने म, मेरो दम्पत्ति र हामीजस्तै लाखौं नेपालीहरु कति खुसी हुन्थे होलान भन्ने मनमा लाग्दै लाग्दै अमेरिकाबाट हामी जहाज चढेका थियौं।

अमेरिकामा डाक्टरी पेशा गर्दै नेपाल र नेपालीका लागि केही गर्न सकिन्छ कि भनेर दिलोज्यानले लागिपरेका हामी दम्पत्तिले कोभिड महामारीमा अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन खेलेको भूमिका सम्झन पुगें त्यहीबेला। अमेरिकी कंग्रेसम्यानले मेरो रिफरेन्स दिँदै नेपाललाई खोप अति आवश्यक भएको कुरा अमेरिकी कंग्रेसमा पेश गरेको विषय अमेरिकी मिडिया र अमेरिकाबाट संचालित नेपाली मिडियामा आउंदा मुलुकप्रति केही गर्न सकिन्छ कि भन्ने बल थपिएको कुरा सम्झें र त्यति नै बेला आफूलाई अपराधीजस्तो व्यवहार गर्ने नेपाली कर्मचारीको त्यो व्यवहार भोग्दै गर्दा मन कुडिएर आएकै हो।

केही घण्टाको ट्रान्जिटमा दोहा उत्रदा उनै लामिछानेले केही आशा जगाइदिनु भएको थियो फेसबुक पोष्टबाटै। उहाँले एयरपोर्ट अध्यागमनको घण्टौं लामो लाइन बस्नुपर्ने अस्तव्यस्तताको अवस्थालाई तत्काल संबोधन गर्ने गरी गृहमन्त्री बालकृष्ण खांडले उहाँ स्वयंलाई आश्वासन दिएको जानकारी आफ्नो स्ट्याटसमा लेख्नुभएको थियो।

अमेरिकादेखि कतारसम्मको १४ घण्टा लामो हवाइ यात्रा, कतारको ट्रान्जिटमा केही घण्टाको बसाइले थकिए भएका हामी दम्पत्तिलाई थप पाँच घण्टाको उडान भरेर नेपाल पुग्नु नै थियो, मिनेट मिनेट पनि हामीलाई लामो भएको थियो। कतिबेला नेपाल भूमि टेकौं र घर पुगेर आमालाई सुम्सुम्याऊँ, लुटपुटिऊँ र आफन्तहरुसँग चाडवाडको उपलक्ष्यमा रमाऊँ भन्ने हुटहुटीले हामी दुबै व्यग्र भएर नेपाल अवतरण गर्ने समय कुरेर जहाजभित्र बसेका थियौं ।

असोज २७ गते विहानको साढे नौ बजे हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा उत्रियौं। अध्यागमन प्रवेश गर्दै गर्दा जीवा दाइको लेखनी सम्झिएँ—केही लाइन त थियो नै।

काउन्टर नं २ गैरआवासीय नेपालीका लागि तोकिएको रहेछ एयरपोर्टको अध्यागमनमा। म र मेरी पत्नी लाइन लागेर सो काउन्टरमा पुग्यौं। म अघि भएकाले पहिला मेरै पालो आयो। मैले नेपाली दूतवास, अमेरिकाबाट बनाएको मेरो एनआरएन कार्ड र पासपोर्ट काउन्टरबाट भित्र दिएँ। अधबैंसैजस्ता देखिने सेतो सर्ट लगाएका अध्यागमनका कर्मचारीले त्यो कार्ड र मेरो पासपोर्टलाई ओल्टाइ पल्टाइ हेरे। अनि भने, तपाईंको कागज पुगेन।

म अलमलमा परें। के पुगेन होला? मैंले सोधें।

तिनले एकछिन केही जवाफ दिएनन्। एकछिनपछि निकै रुखो आवाजमा उनले भने, केही पहिले पनि आउनु भको रछ होइन? जाँदाको छाप छैन। खोई छाप?

यति भन्दाभन्दै उनले आँखा सिधा हेर्न र दाहिने हातका बुढी औंला मसिनमा राख्न आदेश दिए (शैली आदेशात्मक नै थियो)।

यी कर्मचारी मित्रले के भनेका होलान् छाप छैन भनेर भन्दै म छक्क परेकै थिएँ। म एनआरएन कार्ड र पासपोर्ट देखाएरै त्यो बेला नेपालबाट फर्केको थिएँ, छाप त अध्यागमनका कर्मचारीले लाउने हो, मैले त होइन। फेरि मेरो पासपोर्टमा छाप लगाइदिए कि दिएनन् भनेर खासै वास्ता पनि गरिँदैन, अध्यागमनका कर्मचारीले दिएको प्रवेश अनुमतिले नै छाप लागेको जानकारी दिन्छ।

कर्मचारीको आदेश मान्दै मैंले आँखा सिधा हेरेँ मसिनतिर र बुढी औंला पनि राखें। तिनले झन् रुखो हुँदै भने, किन कामेको ? किन हतास भएको ? हँ?

तिनको अप्रत्यासित रुखो र अपमानपूर्ण यी बचनले म मेरो मातृभूमिका धर्तीमा छियाछिया हुन पुगें, मर्माहत भएँ, मलाई निमिठो लागेको थियो तर प्रतिक्रिया जनाइनँ। विना आधार रुखो बोलीमा यस्तो आरोप खेप्नुपर्दा म आफ्नै जन्मस्थलमा अपमानित भइरहेको थियो।

नेपाल उड्नुअघि ओहायोमा रहेका नेपाली समुदायको बृहत भेलाको आयोजना गरेर राष्ट्रिय पोशाकमा सजिएर गर्व गर्दै दशैं उत्सव मनाएर नेपाल उडेको मलाई यी कर्मचारीको व्यवहारले असैह्य पीडा दिएको थियो।

अमेरिकामा डाक्टरी पेशा गर्दै नेपाल र नेपालीका लागि केही गर्न सकिन्छ कि भनेर दिलोज्यानले लागिपरेका हामी दम्पत्तिले कोभिड महामारीमा अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन खेलेको भूमिका सम्झन पुगें त्यहीबेला।

अनि पालो आयो मेरी पत्नी सञ्जुको। हामी सँगै नेपाल आइजाइ गरेका थियौं अघिल्लोपल्ट। उनलाई पनि तिनै कर्मचारीले रुखो व्यवहार देखाए, अपमानपूर्वक त बोले नै करिब एकघण्टा अध्यागमनको दुई नं काउन्टर अगाडि विनाकारण उभ्याए। त्यसबेलाको हामी दुईमा परेको मानसिक यतानाको हिसाव गरिसाध्य छैन, जुन उत्साह लिएर हामी नेपाल आएका थियौं त्यो त्यहीं त्यही २ नै काउण्टरमा थिलथिलो भएको थियो र चकनाचुर भएको थियो। सञ्जुलाई झण्डै एक घण्टा उभ्याएपछि ती कर्मचारीले ल जानुस् भनेका थिए।

अमेरिकी कंग्रेसम्यानले मेरो रिफरेन्स दिँदै नेपाललाई खोप अति आवश्यक भएको कुरा अमेरिकी कंग्रेसमा पेश गरेको विषय अमेरिकी मिडिया र अमेरिकाबाट संचालित नेपाली मिडियामा आउंदा मुलुकप्रति केही गर्न सकिन्छ कि भन्ने बल थपिएको कुरा सम्झें र त्यति नै बेला आफूलाई अपराधीजस्तो व्यवहार गर्ने नेपाली कर्मचारीको त्यो व्यवहार भोग्दै गर्दा मन कुडिएर आएकै हो।

एकछिन चुपचाप बसेका ती कर्मचारीले मलाई जान भने अनि पालो आयो मेरी पत्नी सञ्जुको। हामी सँगै नेपाल आइजाइ गरेका थियौं अघिल्लोपल्ट। उनलाई पनि तिनै कर्मचारीले रुखो व्यवहार देखाए, अपमानपूर्वक त बोले नै करिब एकघण्टा अध्यागमनको दुई नं काउन्टर अगाडि विनाकारण उभ्याए।

त्यसबेलाको हामी दुईमा परेको मानसिक यतानाको हिसाव गरिसाध्य छैन, जुन उत्साह लिएर हामी नेपाल आएका थियौं त्यो त्यहीं त्यही २ नै काउण्टरमा थिलथिलो भएको थियो र चकनाचुर भएको थियो। सञ्जुलाई झण्डै एक घण्टा उभ्याएपछि ती कर्मचारीले ल जानुस् भनेका थिए। उनले नपुगेको भनेको कागजपत्र कसरी पुर्‍याए केही भनेनन्।

जम्मा तीन पाना छाप लागेको उनको पासपोर्टमा अघिल्लो भ्रमणको छाप हेर्न कुनै गाह्रो थिएन। उनले त्यो देखेनन् भनेर म कसरी बिश्वास गरुं। एउटा पासपोर्टमा आफ्नै मुलुकको छाप पढ्न नसक्ने कर्मचारी कसरी अध्यागमनको अधिकृत भई एनआरएन डेक्स सम्हालेर बस्न सक्छ?

तिनले पढ्न नजानेर असक्षमता देखाएको हो भने तिनलाई विमानास्थल खटाउने मुलुकको प्रशासनमाथि प्रश्न उठ्नु स्वाभाविक छ। तिनले नजानेजस्तो गरेर कागजपत्र पुर्याउन खोजेका हुन् भने तिनले खोजेका कागज पत्र के हो? उनले कस्तो कागज खोजेका हुन् घण्टाभन्दा बढी काउण्टरमा उभ्याएर? के यो सफा नियतको काम हो?

उनले कस्तो कागज खोजेका थिए हामीले त दिएनौं र घण्टासम्म उभिएर अपमानित हुँदै देशभित्र प्रवेश पायौं। पीडाको यो अनुभूति लेखिरहँदा नेपालमा मध्यराति भएको छ तर निद्रा आउने छाँट छैन। अर्को पनि पीडाजन्य आक्रोश छ यतिबेला मेरो मनमा। एनआरएन कार्ड देखेपछि त्यो कार्डवाहक नेपालीमाथि यसरी दुव्र्यवहार भोग्नु पर्छ भने हामीले एनआरएन कार्ड किन लिने?

उनले कस्तो कागज खोजेका थिए हामीले त दिएनौं र घण्टासम्म उभिएर अपमानित हुँदै देशभित्र प्रवेश पायौं। पीडाको यो अनुभूति लेखिरहँदा नेपालमा मध्यराति भएको छ तर निद्रा आउने छाँट छैन। अर्को पनि पीडाजन्य आक्रोश छ यतिबेला मेरो मनमा। एनआरएन कार्ड देखेपछि त्यो कार्डवाहक नेपालीमाथि यसरी दुव्र्यवहार भोग्नु पर्छ भने हामीले एनआरएन कार्ड किन लिने?

विदेशी भूमिमा नेपाल नेपाल भन्दै यो पो गर्न सकिन्छ कि नेपालका लागि त्यो पो गर्न सकिन्छ कि भनेर अहोरात्र खटिदाको उत्साह स्वदेश प्रवेश गर्दै गर्दा प्रवेश विन्दूमै दुव्र्यवहारको शिकार भएर मरेतुल्य भएको छ।

म र मेरी पत्नी जत्तिको धेर थोर नियम कानुन जानेको अन्तर्राष्टिय प्राक्टिससमेत बुझेको मानिसलाई त यस्तो दुव्र्यवहार हुन्छ भने श्रम बेच्न खाडी मुलुक पुगेर नेपाल फर्कने सोझा नेपालीलाई कस्तो व्यवहार गर्ने होलान्? भनेर सोच्दै छु यतिबेला। कसलाई सुनाऊँ र खोई?

याे पनि पढ्नुस्

को हुन् ती नेपाली डाक्टर जसको बारेमा अमेरिकी संसदको खोप कमिटीमा कुरा उठ्यो ?

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो