कविता : सपनाको गह्रौं झोला
बाध्यता र जिम्मेवारीको चिसो पहाड
ठिंग अगाडि अजंग भएर उभिँदा
भर्खरै बिबाह गरेकी नवदुलही
बृद्धअबस्थाका बाआमा
मायाले सृष्टि गरेको गुण छोडेर
सपनाको गरौं झोला बोकी
उडान भर्न निस्केको पंक्षी
उसैलाई थाहा छैन
सपनाहरू पोलिस लाउँदा लाउँदै
उ आफैं फर्कन्छ कि फर्कन्न।
रहरहरुलाई सापटी लिएर
साहुको ऋण र बाध्यताको चाङ बोकी
आकाशमा उचाई लिरहँदा
उ आफैलाई प्रश्न गर्छ
के मेरा सपनाहरू धुजा धुजा भएर
बाकसमा फर्कने नियति त बन्दैन?
हे नेपाल आमा देशका युवालाई
स्वदेशमा गरिखाने बाटो खनाई देउ
सोझाका लागि नि प्रणाली बनाई देउ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment