नयाँ वर्ष : भ्रष्टाचार जो छ सहर्ष
आज २०८१ को नयाँ वर्ष।
धेरैका मनमा देखिन्छ हर्ष
हर्षका दिन कुर्दाकुर्दै जानेछ वर्ष।
किनकी, भ्रष्टाचार जो छ सहर्ष।
सरकारले संसद छलेर मनाउँदैछ हर्ष।
जनता थला परिरहन्छन्, बर्षौ वर्ष।
कसैको काला रौं पलाउन थालेको वर्ष।
बा, छोरा, सालीको देखिएको छ, हर्ष।
आज २०८१ को नयाँ वर्ष।
धेरैका मनमा देखिन्छ हर्ष।
हर्षका दिन कुर्दाकुर्दै जानेछ वर्ष।
किनकी, भ्रष्टाचार जो छ सहर्ष।
अध्यादेशले चल्दा हुनेछन् हर्ष।
चार वर्ष संसद बिना चल्ने वर्ष।
रबि, जीविको लागि यो हो हर्षैहर्ष।
गृहमन्त्री पद टिकाउने छन् वर्षौवर्ष।
आज २०८१ को नयाँ वर्ष।
धेरैका मनमा देखिन्छ हर्ष ।
हर्षका दिन कुर्दाकुर्दै जानेछ वर्ष।
किनकी, भ्रष्टाचार जो छ सहर्ष ।
कहिले कांग्रेससंग कट्टिस, एमालेसँग हर्ष।
कहिले एमालेसँग कट्टिस, कांग्रेससँग हर्ष।
कहिले रबिसँग कट्टिस, कांग्रेससँग हर्ष।
कहिले कांग्रेससंग कट्टिस, रबिसँग हर्ष।
आज २०८१ को नयाँ वर्ष।
धेरैका मनमा देखिन्छ हर्ष।
हर्षका दिन कुर्दाकुर्दै जानेछ वर्ष।
किनकी, भ्रष्टाचार जो छ सहर्ष।
सशस्त्र आन्दोलनलाई बैधानिकता दिने वर्ष।
टिआरसी उनीहरुकै शब्दमा आउने हर्ष।
टूप्लस वनको बर्चश्व भएको यो वर्ष।
बामपन्थीको नाममा मनाइँदैछ हर्ष।
आज २०८१ को नयाँ वर्ष।
धेरैका मनमा देखिन्छ हर्ष।
हर्षका दिन कुर्दाकुर्दै जानेछ वर्ष।
किनकी, भ्रष्टाचार जो छ सहर्ष।
कार्यकारी राष्ट्रपतिका लागि प्रयास गरिने वर्ष।
प्रचण्ड, रबि र केपी बाका लागि हुने भो हर्ष।
कार्यकारी प्रधानमन्त्री कै लागि हो कि यो वर्ष।
दुबैको खिचातानीले राजावादीको हुनसक्छ हर्ष।
No ads found for this position


Facebook Comment