कविता : कस्ती सासू

राकेश कार्की
९ वैशाख २०८१ ११:३९
20
Shares

जन्मेको घर

माया गर्ने बाबुआमा
गाउँ समाज साथीसंगी
सबै सबै छोडेर आएकी
मैन भन्दा पनि नरम
मिजासकी बुहारीलाई
फुटेको आँखाले पनि देख्न नसक्ने
कस्ती सासू

पकाउने तुल्याउने भान्सा
घरधन्धा गरेको गर्‍यै
त्यैपनि सबैले खाएर
डकारे पछि
अन्तिममा सबै भाँडा
रित्तिएपछि
मात्र बुहारीलाई खान पालो दिने
कस्ती सासू

दुई जिउकी हुँदा पनि
समयमा खान नदिएर
भोकभोकै राखी
पेट दुखेर फत्र्याक फत्र्याक
परेकी बुहारीलाई पनि
यसो तातो पानी तताएर
पनि खान नदिने
कस्ती सासू

बुहारीले मैनै पिच्छे जागीरबाट
आएको सबै पैसा दिँदा पनि
आफ्नै लागी मात्र खर्च गर्ने
बुहारीको सबै थुत्नखोज्ने
उनले माइतबाट ल्याएको
गरगहना लुगाफाटो सरसमान
उनीलाई सोध्दै नसोधी
अरूलाई खुरुखुरू बाँडिदिने
कस्ती सासू

तर पनि
सेवासुसार गरिरहन्छिन्
आदर गरि ढोगिरहन्छिन्
कहिले काहीँ माया पाउन
दु:ख पर्दा खोज्छिन सासू
घुक्क घुक्क निहुरेर सामु
झर्छ बरर बुहारीको आँसु
त्यैपनि
अलिकति पनि छैन माया
आफै सुक्छ बुहारीको आँसु
‘आमा’ जस्तै ठान्दा पनि
देखि नसक्ने कस्ती सासू

लस एन्जेलस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *