कविता : कस्ती सासू
जन्मेको घर
माया गर्ने बाबुआमा
गाउँ समाज साथीसंगी
सबै सबै छोडेर आएकी
मैन भन्दा पनि नरम
मिजासकी बुहारीलाई
फुटेको आँखाले पनि देख्न नसक्ने
कस्ती सासू
पकाउने तुल्याउने भान्सा
घरधन्धा गरेको गर्यै
त्यैपनि सबैले खाएर
डकारे पछि
अन्तिममा सबै भाँडा
रित्तिएपछि
मात्र बुहारीलाई खान पालो दिने
कस्ती सासू
दुई जिउकी हुँदा पनि
समयमा खान नदिएर
भोकभोकै राखी
पेट दुखेर फत्र्याक फत्र्याक
परेकी बुहारीलाई पनि
यसो तातो पानी तताएर
पनि खान नदिने
कस्ती सासू
बुहारीले मैनै पिच्छे जागीरबाट
आएको सबै पैसा दिँदा पनि
आफ्नै लागी मात्र खर्च गर्ने
बुहारीको सबै थुत्नखोज्ने
उनले माइतबाट ल्याएको
गरगहना लुगाफाटो सरसमान
उनीलाई सोध्दै नसोधी
अरूलाई खुरुखुरू बाँडिदिने
कस्ती सासू
तर पनि
सेवासुसार गरिरहन्छिन्
आदर गरि ढोगिरहन्छिन्
कहिले काहीँ माया पाउन
दु:ख पर्दा खोज्छिन सासू
घुक्क घुक्क निहुरेर सामु
झर्छ बरर बुहारीको आँसु
त्यैपनि
अलिकति पनि छैन माया
आफै सुक्छ बुहारीको आँसु
‘आमा’ जस्तै ठान्दा पनि
देखि नसक्ने कस्ती सासू
लस एन्जेलस
No ads found for this position


Facebook Comment