कविता : चरित्रवान
चरित्र मानिसको हुन्छ राम्रो र नराम्रो
यसैमा बजेका छन् जीवनको गीत हाम्रो
दोष मानिसको जीवन पेसा जो दुष्ट गर्दछ
दुष्ट त्यो कामको भारी काँधमाथि ऊ भर्दछ।
कुकृत्य उसको काम मनैदेखि उचालिने
स्वभाव उसको शान सबैलाई होच्याउने
परिवार उसको लागि ऋणसरि गनीगनी
समाज उसको लागि अस्वभाविक बनीबनी
चरित्र उसको हत्त्या समाजमा सधैंसधैं
नसुध्रिने मनको बानी जीवनमा सधैंसधैं।
रोगी मनको प्याधा ज्ञानदेखि डराउने
बिबेकको चढी घोडा ज्ञानदेखि हराउने
चरित्र त्यसको हुन्छ जो ज्ञानले पलाउँछ
सफा मनको आस्था भित्रैदेखि उदाउँछ
क्लेश मनमा हुन्न राग द्वेष कैपनि
दया ममता हुन्छ ज्ञानबान बनी बनी
शिर उसको उँचा हुन्छ समाजमा यश पनि
चरित्रवान त्यही हुन्छ संसारमा जता पनि
राखी मनमा कृष्ण जो यसैतिर रम्दछ
कृष्ण कृष्ण भनी हरदम उसैको गीत गाउँछ।
नराम्रो मनमा उसको हुन्न कुनै कुनातिर
बलेको बत्ति झैं दियो बलिरन्छ जतातिर
ऋषिमन ऋषिबोली सदा सादगी ब्यबहार
सदा उ झुकेकै हुन्छ चरित्रवानको आचार
चरित्र संगतले हुन्छ त्यो भन्दा संस्कारले
चरित्रवान त्यही हुन्छ यो दुवै संयोगले
चरित्र रावणको होइन चरित्र रामको बन
चरित्र कंशको होइन चरित्र कृष्णको बन
झुठो चरित्रको रोग सारा जीउ गनाउने
उसको रुष्ट बानीले उसैलाई पछारने
हेर चरित्रको रुप ब्यबहारबाट देखाउँछ
को कस्तो भन्ने हो कुरा चरित्रबाट चिनाउँछ
को कस्तो भन्ने हो कुरा चरित्रबाट चिनाउँछ।।
No ads found for this position


Facebook Comment