अछामका तिमिल्सैना ७ दिन देखि बेपत्ता

डिसी नेपाल
७ कार्तिक २०७८ १७:३२

अछाम । रेशम राज तिमिल्सैना ७ दिन देखि बेपत्ता बेपत्ता छन्।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ घर भएका उनी नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सदस्य समेत रहेका छन् ।कार्तिक ३ गते मंगलसेनबाट गैरिटाड गएका उनी त्यहि ठाउँमा २ दिन सम्म बसेका बुझिएको छ।

उनी चढ्ने मोटरसाइकल गैरिटारमा रहेको र उनी भने ७ दिन देखि सम्पर्क बिहिन भएका उनका दाजु बेदप्रकाश तिमिल्सैनाले बताए। तिमिल्सैनाको परिवारले खोजिदिन प्रहरी संग आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *