नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा

डिसी नेपाल
८ कार्तिक २०७८ १२:१४

काठमाडौं। नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सो लाभांश सेयरधनीले पाउनेछन् ।

हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ रहेको बैंकको १४ प्रतिशतका दरले बोनस सेयर वितरणपछि चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार आठ सय ३१ रुपैयाँ पुग्नेछ । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *