उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ

डिसी नेपाल
८ कार्तिक २०७८ २३:३१

उदयपु । जिल्ला प्रहरी कार्यालय उदयपुरले अवैध लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सोमबार बिहान साढे तीन बजे ५३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट गाँजा बोकेर हिँडिरहेका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुङछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।

उनलाई तीन बोरामा ५३ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *