सुनको भाउमा थप बृद्धि

डिसी नेपाल
९ कार्तिक २०७८ १४:४५

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा थप दुई सयले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य भने,सोमबार र आज मंगलबार समान भाउमा कारोबार भएको छ। महासंघका आनुुसार,आज पनि चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँले कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *