बुधबार अमेरिकी डलरकाे मूल्यमा गिरावट, अन्य विदेशी मुद्राकाे आजकाे विनिमय दर कति ?

डिसी नेपाल
१० कार्तिक २०७८ ६:३४

काठमाडौं । बुधबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबारको भन्दा घटेको हो।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी एक डलरको खरिद दर एक सय १९ रुपैयाँ ६४ पैसा र विक्री दर एक सय २० रुपैयाँ २४ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी एक डलरको खरिद दर एक सय १९ रुपैयाँ ८३ पैसा र विक्री दर १ सय २० रुपैयाँ ४३ पैसा कायम गरेको थियो।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा कायम गरेको छ। अष्ट्रेलियन डलर मंगलबार भन्दा बुधबार बढ्को देखिन्छ।

क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा कायम गरिएको छ। क्यानेडियन डलर पनि बुधबार घटेको देखिन्छ।

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९० पैसा र बिक्री दर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ कायम गरिएको राष्ट्रबैंकले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *