९४ तोला चाँदीसहित धर्वेन्द्र पक्राउ

डिसी नेपाल
१० कार्तिक २०७८ १७:०५

काठमाडौं ।मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्रउ गरेको हो ।

पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *