९४ तोला चाँदीसहित धर्वेन्द्र पक्राउ
काठमाडौं ।मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्रउ गरेको हो ।
पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment