बिहीबार विदेशी मुद्राकाे विनिमय दर के छ ?

डिसी नेपाल
११ कार्तिक २०७८ ६:५२

काठमाडौं । बिहीबार अमेरिकी डलरको मूल्य केही पैसाले बढेकाे छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बुधबारकाे भन्दा केही पैसाले बढेकाे हाे।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी एक डलरको खरिद दर एक सय १९ रुपैयाँ ७५ पैसा र विक्री दर एक सय २० रुपैयाँ ३५ पैसा कायम गरेको छ। बुधबार अमेरिकी एक डलरको खरिद दर एक सय १९ रुपैयाँ ६४ पैसा र विक्री दर १ सय २० रुपैयाँ २४ पैसा कायम गरेको थियो।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९० रुपैयाँ २७ पैसा कायम गरेको छ। अष्ट्रेलियन डलर बुधबार भन्दा बिहीबार १ पैसाले घटेकाे देखिन्छ।

क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। क्यानेडियन डलर पनि बिहिबार घटेको देखिन्छ।

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ८० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४५ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ८२ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ०५ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्रबैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *